बार्सिलोना भर्सेस युभेन्टस : तीन हजार दर्शकलाई प्रवेशको अनुमति

काठमाडौं । जोन ग्याम्पर कपअन्तर्गत बार्सिलोना र युभेन्टसबीचको खेल क्याप नोउबाट जोन क्रुफ स्टेडियममा सारिएको छ । क्याटालोनिया सरकारले बार्सिलोनाबाहेक अन्यत्र स्थानमा आयोजना गर्दा दर्शकले अनुमति पाउने जनाएपछि ८ अगस्टमा उनले उक्त खेल जोन क्रुफ स्टेडियममा सारिएको हो ।

यसअघि बार्सिलोनाको मैदान क्याप नोउमा हुने तय भएको थियो । प्रि–सिजनअन्तर्गत इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब बार्सिलोनाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने तय छ । बार्सिलोना ग्याम्पर कपको सर्वाधिक सफल टिम हो । उसले ४३ पटक उपाधि जितेको छ । युभेन्टसले भने एक पटकमात्र उपाधि जितेको छ ।

यस्तै, क्याटालोनिया सरकारले तीन हजार दर्शकलाई प्रवेशका लागि अनुमति दिएको बताइएको छ । दर्शकलाई अनुमति दिएपछि बार्सिलोनाले केही दिनपछि टिकट बिक्री गर्ने योजना बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here