प्रतितोला ५०० रुपैयाँ बढ्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं, १५ साउन । शुक्रबार सुनको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको हो ।

बिहीबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य शुक्रबार ५ सयले बढेर प्रतितोला ९२ हजार ९०० मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९२ हजार ४०० कायम भएको छ ।

शुक्रबार चाँदीको मुल्य पनि प्रतितोला १५ रुपैयाँ बढ्यो । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२८५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here