टोकियो ओलम्पिक: १९ स्वर्णसहित चीनको अग्रता कायमै, जापान दोस्रो

काठमाडौं, १६ साउन । ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुदको पदक तालिकामा चीनले अग्रता बनाएको छ ।

जापानको टोकियोमा जारी ओलम्पिक अन्तर्गत शनिबार बिहानसम्ममा कुल १ सय ३३ स्वर्णपदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ४२ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

जसमा पदक तालिकाको शीर्ष स्थानमा रहेको चीनको खातामा १९ स्वर्णसहित कुल ४० पदक रहेका छन् । दोस्रो स्थानको जापानले १७ स्वर्ण पदकसहित कुल २८ पदक जितेको छ ।

यस्तै तेस्रो स्थानको अमेरिकाले १४ स्वर्णसहित कुल ४१ पदक जितेको छ । रसियन ओलम्पिक टिम १० स्वर्णसहित कुल ३४ पदक जितेर चौंथो स्थानमा रहदा अष्ट्रेलिया ९ स्वर्णसहित कुल २२ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।

यस्तै ग्रेट ब्रिटेनले ६ स्वर्ण जित्दा दक्षिण कोरियाले ५ स्वर्ण जितेको छ । नेदरल्यान्ड्स, क्रोएसिया, चेक रिपब्लिक, जर्मनी, क्यानडा, न्युजिल्याण्ड र फ्रान्सले ३/ ३ स्वर्ण पदक हात पारेका छन् ।

२ स्वर्ण जित्नेमा इटाली, हंगेरी र स्लोभानिया रहेका छन् । त्यस्तै १ स्वर्ण जित्ने राष्ट्रको संख्या २४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here