टोकियो ओलम्पिक: पदक तालिकामा चीनको अग्रता कायमै, अमेरिका दोस्रो

काठमाडौं, १७ साउन । ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुदको पदक तालिकामा चीनको अग्रता कायमै रहेको छ ।

जापानको टोकियोमा जारी ओलम्पिक अन्तर्गत आइतबार बिहानसम्ममा पदक तालिकाको शीर्ष स्थानमा रहेको चीनको खातामा २२ स्वर्णसहित कुल ४७ पदक रहेका छन् । चीनले २२ स्वर्ण, १३ रजत र १२ काश्य जितेको छ ।

यस्तै दोस्रो स्थानको अमेरिकाले १९ स्वर्ण, २० रजत र १३ काश्यसहित कुल ५२ पदक जितेको छ । तालिकको तेस्रो स्थानमा जापान रहेको छ ।

जापानले १७ स्वर्ण, ५ रजत र ८ काश्य गरि ३० पदक जितेको छ । अष्ट्रेलिया १२ स्वर्ण, ३ रजत र १४ काश्यसहित कुल २९ पदक जितेर चौंथो स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here