मैत्रीपूर्ण खेलमा बार्सिलोनाको लगातार तेस्रो जित

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले प्रि–सिजनअन्तर्गत आफ्नो तेस्रो मैत्रीपूर्ण खेलमा भिएफबी स्टटगार्टमाथि ३–० गोलको जित निकालेको छ ।

शनिबार राति जर्मनस्थित स्टटगार्टको मैदानमा बार्सिलोनालाई जिताउन मेम्फिस डिपे, युसुफ डेमिर र रिकी पुगले एक–एक गोल गरे ।

खेलको २१औँ मिनेटमा यसै सिजन लियोनलबाट क्याप नोउ आएका डिपेले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । खेलको ३६औँ मिनेटमा डेमिरले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफभरि २–० गोलको अग्रता बनायो ।

७३औँ मिनेटमा पुगले गोल गर्दै बार्सिलोनालाई ३–० गोलको जित दिलाए । यससँगै बार्सिलोनाले मैत्रीपूर्ण खेलमा लगातार तेस्रो जित निकालेको छ । यसअघि उसले जिरोना र जिम्नास्टिकमाथि जित दर्ता गरेको थियो ।

अब, बार्सिलोनाले ८ अगस्टमा जोन ग्याम्पर कपको उपाधिका लागि इटालियन क्लब युभेन्टसको सामना गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here