युनिफाइड अस्पतालको प्रमुखबाट हटाइए डा. जागेश्वर, मरासिनी नियुक्त

काठमाडौं, १८ साउन । कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख पदबाट डा. जागेश्वर गौतमलाई हटाइएको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय गर्दै डा. गौतमलाई हटाएको हो । उनको ठाउँमा डा. रुद्र मरासिनीलाई ल्याइएको छ।

गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ । त्यतिबेला स्वास्थ्य मन्त्रालयका प्रवक्ता रहेका डा. गौतमलाई गत जेठमा युनिफाइड अस्पतालमा सरुवा गरिएको थियो ।

डा.गौतमले कर्मचारीको मागका विषयमा छलफल गर्न लागेको समयमा प्रहरी प्रशासन बोलाएर स्वास्थ्यकर्मी तथा कर्मचारी कुटाएको आरोप पनि लगाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here