आँखाको ज्योति कम हुने समस्या समाधानको लागि नियमित व्यायाम

काठमाडौं । आँखाको ज्योति कम हुने समस्याको रोकथाम गर्न नियमित व्यायाम जरुरी रहेको वैज्ञानिकले बताएका छन् ।

भर्जिनिया विश्वविद्यालयको स्कुल अफ मेडिसिनका अन्वेषकले गरेको अध्ययनअनुसार दैनिक व्यायाम गर्दा आँखाको दृष्टि गुम्ने समस्यालाई विस्तार गर्न वा रोक्न सकिने पत्ता लागेको छ । व्यायामले आँखामा भएको रक्तनलीमा हुने हानिकारक वृद्धिलाई कम गर्नसक्ने मुसामा गरिएको प्रयोगशालामा परीक्षणले देखाएको छ ।

रक्तनलीमा हुने वृद्धिले म्याकुलर डिजेनेसन (समयसँगै आँखामा हुने समस्या)
देखि लिएर अन्य थुप्रै आँखामा हुने रोगहरू निम्त्याउन सक्छ । कुनै पनि प्रकारको शारीरिक गतिविधिमा भाग लिनाले म्याकुलर डिजेरेसनको विकासलाई रोक्न वा सुस्त बनाउन सक्छ । जसले जलबिन्दु र मधुमेहमा बिरामीमा बढी देखिने डाइवेटिक रेटिनोपैथी जस्ता दृष्टि गुम्नसक्ने कारणलाई रोक्न मद्दत गर्नसक्छ ।

दृष्टि गुम्ने समस्यालाई रोक्नका लागि लामो समयसम्म व्यायाम गर्नुपर्छ भन्ने हुँदैन । हल्कादेखि मध्यम व्यायाम पनि आँखाका लागि फाइदाजनक हुनसक्छ । आँखाका लागि व्यायाम फाइदाजनक हुन्छ भनेर निष्कर्ष निकाल्ने यो पहिलो अध्ययन भने होइन । सन् २०१६ मा गरिएको एक अध्ययनले आँखालाई स्वास्थ्य राख्न नियमित व्यायाम गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

त्यस्तै, २०१३ को एक अध्ययनले छिटो गतिमा हिँड्दा वा हरेक दिन दौडदा उमेरसँग सम्बन्धित मोतियाबिन्दुको जोखिम कम गर्नसक्ने देखाएको थियो । धेरै अध्ययनहरूले सामान्य प्रकारका नियमित व्यायाम समग्र स्वास्थ्यका लागि महत्त्वपूर्ण हुने देखाएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here