राम्रो स्वास्थ्यको लागि बोक्रा सहित खानुस् यी तरकारी

काठमाडौं । तरकारी, हाम्रो खानाको एक आवश्यक भाग हो, जसले हाम्रो शरीरमा पोषक तत्वको कमीलाई पूरा गर्छ ।

तरकारीमा धेरै तेल, मसला राखेर पकाउदा यसको स्वाद त बढ्छ तर, पोषक तत्व बढाउनको लागि पकाउनुभन्दा पहिले नै धेरै कुरामा ध्यान दिनुपर्छ ।

हामीमध्ये धेरैको बानी तरकारीको बोक्रा फालेर मात्रै काट्ने हुन्छ । तर, तरकारीको बोक्रामा पनि विभिन्न प्रकारको पोषक तत्व पाईन्छ । तरकारीको बोक्रामा पाई मुख्य पोषक तत्व भनेको फाइबर हो । जो हाम्रो पाचन प्रक्रियालाई स्वस्थ राख्नको लागि काम गर्दछ ।

त्यसकारण केही तरकारीलाई राम्रोसंग पखालेर बोक्रासहित नै पकाएर खादा फाइदा हुन्छ । जुन निम्न छन् ।

आलु

आलु बिना, शायद कुनै तरकारीको परिकार बनाउन सकिन्छ । आलु हामीमध्ये धेरैलाई मन पनि पर्छ । धेरैको बानी आलुको बोक्रा फालेर मात्र पकाउने हुनछ । तर, आलुको बोक्रामा फलाम, क्याल्सियम, पोटेशियम र म्याग्नेशियम जस्ता तत्वहरु पाइन्छन् । जसले मेटाबोलिज्म बढाउँछ र ब्लड सुगर नियन्त्रण गर्छ । त्यसकारण आलुको बोक्रा फाल्नुभन्दा त्यसलाई राम्रोसंग पखालेर पकाएर खादाँ स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।

गोलभेडा

गोलभेडाको प्रयोग धेर्ै मात्रामा तरकारी को स्वाद बढाउनको लागी प्रयोग गरिन्छ । विशेषगरी अचार बनाउने क्रममा कतिपयको बानी गोलभेडाको बोक्रा फाल्ने हुन्छ । तर, स्वास्थ्यको रुपमा हेर्ने हो भने त्यो राम्रो हाईन् । गोलभेडामा हाम्रो स्वास्थ्यको लागि आवश्यक पर्ने धेरै पोषक तत्वहरु छन्, त्यसकारण राम्रोसंग धोएर गोलभेडाको बोक्रा सहित पकाएर खादा भरपुरु मात्रामा पोषक तत्व पाईन्छ ।

फर्सी

फर्सीको तरकराी केही व्यक्तिलाई मन नपरेपनि धेरैजसो मानिसले भने निकै मन पराउछन्ु । फर्सीमा पाईने धेरैजसो पोषक तत्व त्यसको बोक्रामा नै हुन्छ । फर्सीको बोक्रामा आइरन, भिटामिन ए, पोटेशियम भरपुर मात्रामा पाइन्छ । जुन हाम्रो स्वास्थ्यको लागि निकै आवश्यक छ । त्यसकारण बोक्रा फालेर भन्दापनि राम्रोसंग धोएर बोक्रा नफाली पकाएको फर्सीमा धेरै मात्रामा पोषक तत्व पाइन्छ ।

काक्रो

काक्रोको बोक्रा फाल्नु भनेको आधा भन्दा बढी पोषक तत्व फाल्नु हो । सलाद बनाउदा होस् वा आन्य प्रयोजनको लागि काक्रो प्रयोग गर्दा यसको बोक्राले कुनै असर गर्दैन् । त्यसकारण बोक्रा सहित काक्रो खादाँ विभिन्न प्रकारको पोषक तत्व पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here