लामो समयसम्म एकै ठाउँमा बस्दा मानसिक स्वास्थ्यमा असर

काठमाडौं । लामो समयसम्म एकै ठाउँमा बस्नाले मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने अध्ययनले देखाएको छ ।

सामान्यतया लामो समयसम्म एकै ठाउँमा बस्नाले मोटोपना बढ्ने सम्भावना अधिक हुन्छ, इङल्यान्डका वैज्ञानिकले यसले मोटोपनाको समस्यामात्र नभई मानिसको मानसिक स्वास्थ्यमा नराम्रो असर पर्ने चेतावनी दिएका छन् ।

कोरोनाको महामारीका कारण मानिसहरूको जीवनशैलीमा आएको परिवर्तनको प्रभाव बुझ्नका लागि मार्च २०२० मा पहिलो लकडाउनमा अध्ययन गरिएको थियो ।

इङल्यान्डको हडर्सफिल्ड विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार लकडाउनमा घरबाट काम गर्ने (वर्क फ्रम होम) मानिसहरू दैनिक आठ घण्टाभन्दा बढी समय एकै ठाउँमा बसेर काम गर्ने गरेको पाइएको छ । शोधकर्ता डा. लियान जेवेडोका अनुसार लामो समय एकै ठाउँमा बसेर काम गर्ने तीन सय मानिसमा अध्ययन गरिएको थियो ।

तीमध्ये ५० प्रतिशत मानिसहरू आठ घण्टाभन्दा बढी बसेर काम गरिरहेका थिए । यसरी एकै ठाउँमा लामो समयसम्म काम गर्दा उनको मानसिक स्वास्थ्यमा पनि असर परेको अध्ययनले देखाएको हो । आठ घण्टा बसेर पनि हप्तामा एक सय ५० मिनेट व्यायाम गर्ने मानिसको दिमागमा नराम्रो असर पर्न गएको थियो ।

जसकारण वैज्ञानिकहरू लामो समय बसेर काम गर्न मानिसका लागि धेरै व्यायाम गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् । एक व्यक्तिले दैनिक कम्तीमा ३० मिनेटदेखि एक घण्टा व्यायाम गर्नुपर्छ । मानसिक स्वास्थ्यमा हुनसक्ने नराम्रो प्रभावलाई रोक्नका लागि व्यायामका साथै एकै ठाउँमा लामो समय बस्ने बानी बदल्ने वा बस्ने समय घटाउनु पर्ने हुन्छ । एजेन्सि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here