पारसले क्रिकेट एकेडेमी सञ्चालन गर्ने

फाइलफोटो

काठमाडौं । नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल खेलाडी तथा पूर्व कप्तान पारस खड्काले आगमी दिनमा एकेडेमी सञ्चालन गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका पारसले आगमी दिनमा आफूले एकेडेमी सञ्चालन गर्ने बताएका छन् ।

बुधबार सन्न्यासको विषमा बोलाईएको पत्रकार सम्मेलनमा पारसले अव एक दुई महिनामै एक क्रिकेट एकेडेमी सञ्चालन गर्ने बताएका छन् ।

‘क्रिकेट एकेडेमी सञ्चालन गर्ने छु । त्यसलाई नेपालभर लगेर जाने योजना छ । एक दुई महिनापछि लन्च (सार्वजनिक) गर्ने छु । एकेडेमी राम्रोसँग सञ्जालन गर्यौ भन्ने सोच छ’, पारसले सुनाए ।

पारसले सबैको साथ र सहयोगको कारण यो स्थानमा आउन सफल भएको बताएका छन् । पारसले सबैलाई धन्यावाद दिँदै आगमी दिनमा नेपाली क्रिकेट विकासको लागि सबैले हातेमालो गर्नुपर्ने बताएका छन् ।

पारसले अव आफ्नो योजना क्रिकेट व्यवस्थापनमा आउँदै नेपाली क्रिकेट विकासमा सहयोग गर्ने बताएका छन् । पारसले धेरै सोच विचारको साथ सन्न्यास लिएको बताएका छन् । पारसले आफूले आगमी दिनमा घरेलु क्रिकेट खेल्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here