यसरी लिनुहोस् अनलाइनबाट क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र

काठमाडौं, २१ साउन । सरकारले (आजदे्खि) विहिबार अनलाइनबाट पनि विद्युतीय खोप प्रमाणपत्र उपलब्ध गराएको छ ।

खोप प्रमाणिकरण गर्न काठमाडौं आउनुपर्ने बाध्यताको अन्त्य गर्दै साउन २१ गतेदेखि क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र दिएको हो ।

विदेश जाने व्यक्ति तथा विद्यार्थी सबैलाई काठमाडौंमै आएर खोप लगाएको प्रमाणपत्र लिन सकस भएपछि सरकारले सबै जिल्लाबाट प्रमाणपत्र दिने व्यवस्था गरेको हो ।

स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्न https://vaccine.mohp.gov.np/public-request-form मा गएर मागिएको विवरण अपलोड गर्नुपर्ने छ ।

अनलाइनबाट रजिष्ट्रेसन गर्न नसक्नेले साउन २१ गतेदेखि बिहान १० बजेदेखि साँझ ४ बजेसम्म राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरमा गएर फारम भर्न सकिने छ ।

फारम भर्न सक्कल राहदानी, सक्कल खोप कार्ड, हालसालै खिचिएको पासपोर्ट साइज फोटो, राहदानीको छायाँ कापी, खोप कार्डको छायाँ कापी, कबुलियतनामा कागजात आवश्यक पर्नेछ ।

कबुलियतनामा यहाँ क्लिक गरी डाउनलोड गर्न सकिने छ । ३ दिनभित्र विदेश जानेहरुले भिसाको छायाँ कापी र टिकटको छायाँ कापी पेश गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here