पाँच महिनामा २ लाख संक्रमित थपिने, ९ हजार जनाको अवस्था जटिल हुने प्रक्षेपण

काठमाडौं २१ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी पाँच महिनामा करिब २ लाख जना नयाँ कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ५ महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना यो प्रक्षेपण पेश गरिएको हो ।

प्रस्तुत गरेको तथ्यांकमा ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने उल्लेख छ। प्रस्तुत तथ्यांकमा ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्नसक्ने सम्भावना व्यक्त गरिएको छ।

प्रक्षेपणमा साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोजमा ३८ हजार ५९७, कात्तिकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार १८३ जना नयाँ संक्रमित थपिने उल्लेख छ।

संक्रमितमध्ये ८० प्रतिशत सामान्य, १५ प्रतिशत जटिल र ५ प्रतिशत गम्भीर हुने प्रक्षेपण पनि गरिएको छ।

कोभ्याक्सअन्तर्गत जापानबाट एस्ट्राजेनिकाको १६ लाख डोज भदौ पहिलो साता र कोभ्याक्स अन्तर्गतकै थप ३ लाख ४८ हजार डोज भदौ चौथो साता आइपुग्ने उल्लेख गरिएको छ ।

वैदेशिक अनुदानबाट साउन अन्तिम साता १६ लाख आउने, खरिद प्रक्रियाबाट भारतमा खरिद गरेको कोभिसिल्ड १० लाख डोज भदौ दोस्रो साता आइपुग्ने र भेरोसेल भदौ मसान्तसम्म थप ६० लाख आउने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here