मेस्सीको बार्सिलोनासँगको यात्रा टुंगियो, यस्तो थियो सम्झौता हुन नसक्नुको कारण

काठमाडौं, २२ साउन । अर्जेन्टिनी स्टार लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनाबाट बाहिरिएका छन् । १३ वर्षको उमेरमा बार्सिलोना पुगेका मेस्सीले आधिकारिक रुपमा बार्सिलोनाबाट बाहिरिएका हुन्।

मेस्सीले बार्सिलोना छाड्ने खबर बाहिरिएसँगै विश्वभरिका बार्सिलोना समर्थकहरु आश्चर्यमा परेका छन् । मेस्सीले केही समयअघि मात्र बार्सिलोनासँग ५ वर्षे सम्झौता गरेको र त्यसका लागि ५० प्रतिशत तलब लिन सहमत भएको बताइएको थियो ।

पछिल्लो समय जुन महिनाको अन्त्यमा बार्सिलोनासँग करार सकिएसँगै फ्री एजेन्ट बनेका मेस्सी र क्लबबीच सहमति बने पनि ला लिगाको खेलाडी दर्ता सम्बन्धि नियमहरूको कारण मेस्सी बाहिरिने अवस्था आएको बार्सिलोनाले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

सन् २०२० मा मेस्सीले बार्सिलोनाबाट बाहिरिने प्रयास गरेका थिए । जसका लागि उनले बोर्डलाई फ्याक्स गर्दै आफूले तत्काल क्लब छाड्न चाहेको बताएका थिए । यद्यपि सेप्टेम्बर महिनामा रिलिज क्लज धेरै भएको कारण उनी बार्सिलोनामै रहन बाध्य भए ।

बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले बार्साबाट मात्रै ७०९ गोल गरेका छन् । यो मैत्रिपूर्णसमेत गरेर हो । आधिकारिक रुपमा भने उनले ६७२ गोल गरेका छन् ।

यो जुन महिना सकिएसँगै बार्सिलोनासँग पहिलो करार गरेको ७५०४ दिनपछि मेस्सी ‘फ्री एजेन्ट’ बनेका थिए । २०२१/२०२२ का सिजनका लागि अर्को क्लबको टुंगो नलागेसम्म मेस्सी फ्रि एजेन्टकै रुपमा रहनेछन् ।

मेस्सीका बुबा जोर्जले मेस्सीले ३० प्रतिशत मात्र तलब लिएको खण्डमा बार्सिलोनाले अर्जेन्टिनी खेलाडी रोमेरोलाई अनुबन्ध गर्नुपर्ने प्रस्ताव राखेका थिए । डिफेन्डर रोमोरे एटलान्टाबाट टोटेनह्याममा अनुबन्ध भैसकेका छन् ।

तर बार्सिलोनाले आर्थिक समस्याका कारण त्यो कदम चाल्न नसक्ने बताएपछि जोर्ज मेस्सीले आफ्नो छोराले रोनाल्ड कोम्यानले लथालिङ्ग क्लबको कप्तानी गर्न ३० प्रतिशत तलबमा बस्न नसक्ने बताएपछि बार्सिलोना र मेस्सीबिच सम्झौता नहुने पक्का भएकोे थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here