देशभर भेरोसेलको दोस्रो डोज लगाइँदै, यी हुन् तोकिएका खोप केन्द्र

काठमाडौं, २२ साउन । कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आजदेखि सुरु हुँदैछ ।

गत असार २९ देखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालय र पालिकाहरुले तोकेको केन्द्रमा गएर खोप लगाउन विभागले आग्रह गरेको छ ।

दोस्रो डोज खोप लगाउन जाँदा पहिलो खोप लगाएको कार्ड र सम्भव भएमा यसअघि वेबसाइटमा दर्ता गरेको नम्बर लिएर जान पनि सरकारको आग्रह छ ।

अहिलेसम्म खोप नलगाएकाहरुले खोपका लागि स्वास्थ्य मन्त्रालयको वेबसाइटमा अनिवार्य नाम दर्ता गर्न सरकारले यसअघि नै भनिसकेको छ ।

अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा विदेश जाने नागरिकका लागि छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको विभागको भनाइ छ।

दोस्रो मात्राको खोप अभियान साउन २४ गतेसम्म सञ्चालन हुनेछ। पहिलो मात्रा लगाएको २१ दिन पुगेका सबैलाई दोस्रो मात्राको खोप दिइने छ।

आउँदो २५ देखि ३२ गतेसम्म सरकारले खोप सप्ताह मनाउने भएको छ । खोप सप्ताहमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख गरी ११ लाख डोज खोप लगाउने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here