स्पेनलाई हराउँदै ब्राजिलले जित्यो ओलम्पिक फुटबलको स्वर्णपदक

काठमाडौं, २३ साउन । ब्राजिलले ओलम्पिक फुटबलको स्वर्ण पदक जितेको छ । स्पेनलाई २–१ गोलले हराउँदै ब्राजिलले उपाधि अर्थात स्वर्णपदक जितेको हो । अघिल्लो ओलम्पिकमा पनि ब्राजिलले नै स्वर्ण जितेको थियो ।

पहिलो हाफको अतिरिक्त समयमा ब्राजिलका म्याथु कुचाले गोल गरेका थिए । ब्राजिलको जितमा माथुएस कुन्हा र माल्कोमले एक/एक गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए ।

खेलको ३८ औं मिनेटमा पाएको पेनाल्टी ब्राजिलले सदुपयोग गर्न सकेको थिएन ।

तर पहिलो हाफको इन्जुरी समयमा ब्राजिलले अग्रता लिन सफल भयो । ६१ औं मिनेटमा स्पेनले गोल गरेपछि निर्धारित ९० मिनेटको खेल १/१ को बराबरीमा सकियो ।

एक एक गोलको बराबरीमै ९० मिनेटको खेल सकिएपछि खेलमा ३० मिनेट समय थपिएको थियो । थप गरिएको समयको १०८ मिनेटमा ब्राजिलका माल्कोम एन्थोनीले गोल गर्दै ब्राजिलाई स्वर्ण जिताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here