प्रतितोला १५०० घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं, २४ साउन । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १५०० रुपैयाँ घटेको छ ।

शुक्रबार प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज १५०० रुपैयाँ घटेर प्रतितोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला ८९ हजार ५५० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य पनि घट्यो । आज चाँदीको मूल्य २५ रुपैयाँ घटेर प्रतितोला १२४० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here