कोभिशिल्ड खोपको दोस्रो मात्रा ‘एस्ट्राजेनेका’ लगाइँदै, यी हुन् खोप केन्द्र

काठमाडौं, २४ साउन । कोरोना भाइरसविरुद्धको ‘एस्ट्राजेनेका’ खोप सोमबारबाट लगाइँदै छ । यो खोप सोमबार र मंगलबार लगाइनको लागि काठमाडौंमा १४४ खोप केन्द्र तोकेको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

यसअघि एस्ट्राजेनेकाले नै विकास गरेको तथा भारतमा उत्पादित ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएर बसेकाहरूले दोस्रो मात्राको रूपमा उक्त एस्ट्राजेनेका खोप लगाइन लागिएको हो ।

खोप तोकिएको लक्षित समूहलाई दोस्रो मात्रा जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना हुनेगरी लगाउन अनुरोध गरिएको छ।

जिल्लाभरका सबै नगरपालिका तथा महानगरपालिकाका सबै वडा कार्यालय र विशेषा तोकिएका स्वास्थ्य संस्थामा उक्त खोप लगाउन सकिनेछ । यो खोप विशेषगरी ५५ वर्षमाथिकालाइ र अन्य लक्षित समूहलाइ लगाइनेछ ।

स्वास्थ्य कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण दर्ता भएकाहरुलाई मात्र खोप प्रदान गर्न भनेको छ ।

अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरू नै जिम्मेवार हुनुपर्नेछ । खोप लगाउन जाँदा पहिलो डोज खोप लगाएको प्रमाणपत्र र अन्य परिचय खुल्ने कागजपत्र साथमा लानुपर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here