जैतुनको तेलका यस्ता छन् अनेक फाइदा

काठमाडौं । हामी भान्सामा तोरी वा सोयाबिनको तेल अधिक मात्रामा प्रयोग गरिरहेका छौं ।

तर, चीन, जापान तथा इटालीजस्ता देशमा जैतुन अर्थात् ओलिभको तेल पनि भान्सामा प्रयोग हुन थालेको छ ।अध्ययनले जैतुनको तेलले खानाको स्वाद बढाउने मात्रै नभएर स्वास्थ्यका लागि पनि निकै धेरै फाइदा पुग्ने देखाएका छन् ।

फ्याटी एसिडको मात्रा धेरै हुने भएकाले यसले हृदयरोगको खतरा कम गर्ने अध्ययनहरुले देखाएका छन् । यतिमात्र होइन, शरीरमा कोलेस्टेरोलको मात्र कम गर्न पनि ओलिभको तेल प्रयोग गर्न सुझाइएको पाइन्छ ।

ओलिभ तेल विभिन्न किसिम वा वर्गको हुने मान्यता छ । गाडा हुने एक्स्ट्रा भर्जिन ओलिभ तेल, पोमेस ओलिभ तेल र शुद्ध ओलिभ तेल गरि यो तेल तीन विभिन्न वर्गमा विभाजन गरिएको छ ।

अरु तेलहरु बिजबाट निकालिन्छ, तर जैतुनको तेल जैतुन फलबाट बनाइन्छ । यसले हाम्रो शरीरको स्वास्थ्यका लागि निधै धेरै फाइदा गर्छ ।

तर, जैतुनको तेल डिप फ्राइ गर्न चाहिँ प्रयोग गर्नु हुँदैन । डिप फ्राइका लागि प्रयोग गर्दा यसमा हुने पौष्टिक गुण हराउने सम्भावना अधिक रहन्छ । जैतुनको तेल स्टोर गरेर धेरै समयसम्म राख्न पनि हुँदैन । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here