टोकियो ओलम्पिक सकियो: अमेरिका शीर्ष स्थानमा, नेपाल सहभागितामै सीमित

काठमाडौं, २४ साउन । ३२ औं गृष्मकालिन टोकियो ओलम्पिक सम्पन्न भएको छ ।

जापानको राजधानी टोकियोमा आयोजित एक भव्य कार्यक्रमका बीच टोकियो ओलम्पिक २०२० को समापन गरिएको हो । ओलम्पिकमा चीनलाई पछि पार्दै अमेरिकाले शीर्ष स्थानमा रहेर अन्त्य गर्‍यो ।

अमेरिकाले ३९ स्वर्ण, ४२ रजत र ३३ कास्यसहित कुल ११३ पदक जित्यो । चीन ३८ स्वर्ण, ३२ रजत र १८ कास्य गरी कुल ८८ पदक जित्दै दोस्रो भयो । त्यसैगरी आयोजक राष्ट्र जापानले २७ स्वर्ण, १४ रजत र १७ कांस्य पदकसहित ५८ पदक जितेर शीर्ष तेस्रो स्थानमा रहेको छ भने चौथोमा बेलायत रहेको छ । बेलायतले २२ स्वर्ण, २१ रजत र २२ कांस्य पदक हात पारेको छ ।

पदक तालिकाको यसपछिका स्थानमा रहेको आरओसी, अस्ट्रेलिया, नेदरल्याण्ड र जर्मनीले क्रमशः २० स्वर्ण, १७ स्वर्ण, १० स्वर्ण र १० स्वर्णसहित पाँचौँ, छैटौँ, सातौँ र आठौँ स्थानमा आउन सफल भएका छन् ।

अस्ट्रेलियाले १७ स्वर्ण ७ रजत र २२ कांस्यसहित कूल ४६ र पदक नेदरल्याण्ड्सले १२ रजत र १४ कांस्यसहित कूल ३६ पदक जितेका छन् । जर्मनीले ११ रजत र १६ कांस्यसहित कूल ३७ पदक जितेको छ ।

तालिकाको आठौँ स्थानमा रहेको फ्रान्सले १० स्वर्ण, १२ रजत र ११ कांस्यसहित कूल ३३ पदक जितेको छ ।

एसियाली मुलुकहरूमा चीन र जापानबाहेकका मुलुक पदक तालिकाको निकै पछाडि देखिएका छन् । नेपालको दक्षिणी छिमेकी भारतले एक स्वर्ण, दुई रजत र चार कांस्य पदकसहित कूल ७ पदक जितेको छ ।

आगामी ओलम्पक अब फ्रान्सले आयोजना गर्नेछ ।

समारोहमा ओलिम्पिकको झण्डा पेरिसका मेयरलाई हस्तान्तरण गरिएको छ । नेपालको छिमेकी मुलुक भारतले १ स्वर्णसहित ७ पटक भित्राउँदा नेपाल भने सहभागितामै सीमित घर फर्किएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here