दुई दिनमै २५०० घट्यो सुनको मूल्य

काठमाडौं, २५ साउन । सोमबार पनि सुनको मूल्य प्रतितोला १००० रुपैयाँ घटेको छ । योसंगै गएको दुई दिनमै छापावल सुनको मूल्य प्रतितोला २५०० घटेको छ ।

आइतबार प्रतितोला ९० हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज १००० रुपैयाँ घटेर प्रतितोला ८९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य पनि २५ रुपैयाँ घट्यो । आज चाँदीको मूल्य २५ रुपैयाँ घटेर प्रतितोला १२१५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here