मास्क लगाउँदा गर्नै नहुने पाँच गल्ती

काठमाडौं । बोल्दा, खोक्दा, गीत गाउँदा, हाच्छ्युँ गर्दा निस्कने स–साना छिटाहरूबाट कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा यसबाट जोगिन मास्क लगाउन आवश्यक हुन्छ ।

मास्कको प्रयोग गर्नाले अन्य व्यक्तिको नाक र मुखमार्फत आफ्नो शरीरमा आउनसक्ने भाइरसबाट बच्नुका साथै आफू सङ्क्रमति भएमा आफूबाट सङ्क्रमण अन्य मानिसमा सर्दैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई नियन्त्रण तथा रोकथामका लागि २९ साउनसम्म देशभर नेपाल मास्क अभियान सञ्चालन गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आधिकारिक फेसबुक पेजमा जनचेतनामूलक सामग्री पोस्ट गर्दै मास्क लगाउँदा गरिने गल्ती र ध्यान दिनुपर्ने कुराको बारेमा जानकारी दिइएको छ ।

मास्क लगाउँदा गर्न नहुने यी पाँच गल्तीः

– आफू वा अरू कसैले लगाइरहेको मास्क छुने गर्नु हुँदैन ।

– अरू व्यक्तिसँग कुरा गर्न मास्क खोल्ने गर्नु हुँदैन ।

– आफूले प्रयोग गरेको मास्क अरूलाई प्रयोग गर्न दिनु हुँदैन ।

– भिडभाडमा मास्क खोल्ने काम कहिले गर्नु हुँदैन ।

– चिउँडो मात्रै छोप्ने गरी मास्क लगाउने गर्नु हुँदैन ।

ध्यान दिनुपर्ने कुराः

– साबुनपानीले राम्ररी हात धुएर वा सेनिटाइजरको प्रयोगपछि मात्र मास्क छुने गर्नुपर्छ ।

– मास्क च्यातिएको वा फोहोर भएको छ भने फेर्नुपर्छ । पहिले प्रयोग गरिएका वा बिग्रिएको मास्कको प्रयोग गर्नु हुँदैन ।

– नाक मुख र चिउँडो पूरै छोपिने गरी मास्क लगाउनु पर्छ ।

– लगाइएको मास्कमा सङ्क्रमण हुन नदिन हातले नछुने र छुइहाले हात सफा गर्न जरुरी हुन्छ ।

– मास्क फुकालेपछि फेरि साबुनपानीले राम्ररी हात धुने गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here