साफ च्याम्पियनसिप माल्दिभ्समा हुने, आयोजनाको अवसर नेपालले पाएन

काठमाडौं, २५ साउन । १३ औँ संस्करणको साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने भएको छ । सोमबार बसेको साफको कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिएको हो ।

प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म हुनेछ । कोरोना महामारीका कारण बंगलादेशले साफ आयोजना गर्न नसक्ने बताएपछि नयाँ आयोजकका रूपमा माल्दिभ्सलाई छनोट गरिएको हो ।

प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड–१९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नयाँ आयोजक राष्ट्र चयन गरिएको हो ।

त्यसपछि साफले आयोजना गर्न उत्सुक रहेको नेपाल र माल्दिभ्सलाई विस्तृत प्रस्ताव पठाउन भनेको थियो। नेपालले सोहीअनुसार करिब १० करोड रकमसहित विस्तृत प्रस्ताव साफमा पठाएको थियो। नेपालमा साफ आयोजना गर्न सरकारले ५ करोड दिने निर्णय गरिसकेको थियो ।

प्रतियोगिताको आयोजनाका लागि नेपालले पनि दावेदारी पेस गरेको थियो । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म आयोजना हुनेछ ।

१३ औं साफमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here