मेसीलाई पिएसजी जानबाट रोक्ने बार्सिलोनाको अन्तिम हतियार ‘फाईनान्सियल फेयर प्ले’

काठमाडौं । अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसी र स्पेनिस फुटबल क्लब बार्सिलोना बिचको सम्झौता सकिएसंगै थप सम्झौता नभएपछि मेसी अहिले क्लब बिहीन छन् । यस बिचमा मेसीको नाम फ्रान्सेली क्लब पिएसजी (पेरिस सेन्ट जर्मन) संग जोडिएको छ । कतिपय सञ्चार माध्यमले त मेसी पिएसजीमा अनुबन्ध भएको लेखिसकेका छन् ।

तर, बार्सिलोनाले भने मेसीलाई पिएसजीमा अनुबन्धित हुनबाट रोक्न बार्सिलोनाले युरोपियन अदालतमा मुद्दा हालेको छ ।

‘फाईनान्सियल फेयर प्ले’ को अवधारणा अन्तर्गत पिएसजीले मेसी अनुबन्धित गर्न नपाउने जिकिर गर्दै उक्त मुद्दा हालिएको स्पेनिस संचारमाध्यमहरूले जनाएका छन् । आम्दानी भन्दा बढी खर्च गर्न नपाउने अवधारणालाई ‘फाइनान्सियल फेयर प्ले’ भनिन्छ ।

मुद्दा हालिएको निवेदनमा सन् २०१९÷२०को सत्रमा पिएसजीको आम्दानी तुलनामा तलब मात्र ९९ प्रतिशत रहेको हुनाले मेसीलाई अनुबन्ध गर्न नपाउने बताइएको छ । बार्सिलोनाको मेसीलाई पिएसजी जानबाट रोक्ने यो अन्तिम हतियारका रूपमा लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here