प्रतितोला २०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २६ साउन । लगातार दुईदिन घटेको सुनको मूल्य मंगलबार भने बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको हो ।

सोमबार प्रतितोला ८९ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज २०० रुपैयाँ बढेर प्रतितोला ८९ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला ८८ हजार ७५० रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य भने घट्यो । आज चाँदीको मूल्य १० रुपैयाँ घटेर प्रतितोला १२०५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here