पिएसजीमा मेस्सीलाई जर्सी नम्बर ३० को प्रस्ताव

काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीलाई ३० नम्बरको जर्सी लगाउन प्रस्ताव गरेको छ ।

स्पेनिस मिडिया मार्काका अनुसार बार्सिलोनामा लगाउँदै आएको १० नम्बरको जर्सी नेयमारले लगाएका कारण मेस्सीलाई ३० नम्बरको जर्सी प्रयोग गर्न प्रस्ताव गरिएको हो ।

ब्राजिलियन फरवार्ड नेयमारले हालै मेस्सी पिएसजी आउँदा १० नम्बर जर्सी स–सम्मान दिने जनाएका थिए । तर मेस्सीले भने आफ्नो साथीबाट उसको जर्सी खोस्ने मनसायमा छैनन् । मेस्सीले पहिले प्रयोग गर्नेगरेको १९ नम्बरको जर्सी उनका लागि विकल्प बन्न सक्छ । तर त्यसअघि मेस्सीले प्रयोग गरेको ३० नम्बरको जर्सी लगाउन पिएसजीले प्रस्ताव गरेको खबरमा जनाइएको छ ।

हालैमात्र बार्सिलोनासँगको २० वर्षे यात्रा अन्त्य गरेका मेस्सीलाई पिएसजीले भित्र्याउने लगभग निश्चितजस्तै भएको छ । लिग वान क्लब पिएसजी सर्वाधिक ६ पटकका बालोन डी‘ओर मेस्सीलाई अनुबन्ध गर्ने तयारीमा छ ।

पिएसजीले वार्षिक करिब ४० मिलियन डलर दिनेगरी मेस्सीलाई प्रस्ताव गरेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here