‘वार्षिक बजेट भन्दा मुलुकको सार्वजनिक ऋण धेरै’

फाइलफोटो

काठमाडौं, २६ साउन । मुलुकको सार्वजनिक ऋण बढ्दै गएर वार्षिक बजेटको आकार भन्दा पनि धेरै भएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा मार्फत मुलुकको वर्तमान आर्थिक अवस्थाको जानकारी श्वेतपत्र जारी गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

श्वेतपत्र मार्फत अर्थमन्त्री शर्माले गएको ३ वर्षमा करिब २५० अर्बले नै सार्वजनिक ऋण बढेर कुल ग्राहस्थ उत्पादनको झन्डै ४०.५ प्रतिशतको हाराहारीमा पुगेको बताए ।

यस्तो ऋणमा हालसम्म आन्तरिक तर्फ ८ खर्ब रहेको र वैदेशिक ऋण ९ खर्ब २८ अर्ब रहेको बताएका छन् ।

साथै, अर्थमन्त्री शर्माले अघिल्लो सरकारको पालामा थप १ खर्ब ४३ अर्ब रुपैयाँ शोधनान्तर घाटा बढेको तथ्याङ्क समेत प्रस्तुत गरेका छन् ।

अघिल्लो सरकारले मुलुकको आर्थिक अवस्था नाजुक रहेको जनाउँदै मुलुकको ४८ अर्ब घाटा रहेको देखाएतापनि आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा २ खर्ब १६ अर्ब माथिको घाटा देखिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here