पीएसजीमा अनुबन्धित भए मेस्सी

काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनेल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा अनुबन्धित भएका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत इटालियन खेल पत्रकार फ्याब्रिजियो रोमानोले दिएको जानकारी अनुसार बार्सिलोनाबाट केही दिन अघि बाहिरिएका मेसीले पीएसजीमा २ वर्षका लागि सम्झौता गरेका हुन् ।

‘मेसी पीएसजीसँग अनुबन्धित भएका छन्, सम्झौता भइसकेको छ’ फुटबल पत्रकार रोमानोले ट्वीटमा लेखेका छन्, ‘प्रतिसिजन तलब करिब ३५ मिलियन हुनेछ ।’

मेस्सी आजै पीएसजी पुग्ने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here