‘तपाईको मास्क खै’ अभियानसहित ट्राफिक प्रहरी सडकमा

काठमाडौं, २६ साउन । काठमाडौं उपत्यकामा बढ्दो कोरोना भाईरस संक्रमण रोकथामका लागि तपाईको मास्क खै भन्दै ट्राफिक प्रहरी सडकमा आएको छ ।

ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले उक्त रिबन न्युरोड गेटमा खटिएका ट्राफिक प्रहरीहरुलाई लगाइ दिएर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

उपत्यकाको ४४ ट्राफिक कार्यालयका ९०० जना ट्राफिक प्रहरीहरुलाई आजैबाट ड्उटीको समयमा अनिबार्य उक्त रिबन प्रयोगमा ल्याउन शुरु गरेको महाशाखाले जनाएको छ ।

कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले यस अभियानले सम्पुर्ण सडक प्रयोगकर्ता आम सर्वसाधरणलाई मास्कको अनिबार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकाहरुलाई लगाउन प्रेरित समेत गर्ने बताए ।

यस अघि ट्राफिक प्रहरीले प्ले कार्ड प्रदर्शन, सार्वजनिक स्थानमा मास्क वितरण, सार्वजनिक यातायातमा अनिबार्य मास्कको प्रयोग गर्न सचेतना जगाउने, सामाजिक दुरी कायम गर्न र सिट क्षमता भन्दा बढि यात्रु नचढाउन र अनिबार्य मास्कको प्रयोग गर्न गराउन सचेत गराउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here