यस्तो छ कोरोनाको चुनौती सामु अर्थतन्त्र उकास्ने श्वेतपत्र (पूर्ण पाठसहित)

काठमाडौं, २६ साउन । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा आर्थिक श्वेतपत्र प्रस्तुत गरेका छन् । कोभिड १९ महामारी नियन्त्रण नयाँ सरकारको प्राथमिक कर्तव्य भएको उल्लेख गर्दै श्वेतपत्र प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्रीको श्वतपत्रमा कोरोना महामारी चुनौती सामु अर्थतन्त्रलाई उकास्नेसम्मको योजना रहेको छ । वर्तमान सरकारले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरु के कस्तो अवस्थामा रहेका छन भन्ने विषयमा तथ्यांकीय झलक समेत प्रस्तुत गरिएको छ ।

जसमा सार्वजनिक संस्थानको अवस्था कमजोर रहेको बताएका छन् । सदनमा श्वेतपत्र प्रस्तुत गर्दै मन्त्री शर्माले सरकारलाई २ प्रतिशतमात्रै प्रतिफल प्राप्त हुने गरेको सार्वजनिक गरे ।

निजीकरण गरिएका सार्वजनिक संस्थान मार्फतबाट समेत राम्रो प्रतिफल आउन नसकेको उनको भनाइ छ । राष्ट्रिय गौरव तथा रुपान्तरणकारी आयोजनमा लक्षित बजेट खर्च नभएको बताए । गत वर्ष कुल बजेटको ५८ प्रतिशतमात्रै बजेट खर्च भएको उनको भनाइ छ ।

२०७४ सालमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष ४ वर्षको अवधिमा झन्डै चार गुणाले बढेर डेढ खर्ब नजिक पुगेको उनले जानकारी दिए । उनले आर्थिक वर्ष २०७६/७७मा सञ्चित कोष २ खर्ब १६ अर्बसम्म घाटामा पुगेको स्मरण गराए ।

अर्थमन्त्री शर्माले ओली सरकारको स्वेच्छाचारी गतिविधिका कारण अर्थतन्त्र झनै धराशायी भएको श्वेतपत्रमा उल्लेख गरेका छन् । यस्तै, आर्थिक वर्षको अन्तिम महिना जथाभावी खर्च गर्ने प्रवृत्तिले वित्तीय अनुशासन शिथिल भएको श्वेतपत्रमा उल्लेख छन् ।

यस्तो छ देशको वर्तमान अर्थतन्त्रको अवस्था

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here