प्रतितोला ४०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २७ साउन । बुधबार सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो ।

मंगलबार प्रतितोला ८९ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज ४०० रुपैयाँ घटेर प्रतितोला ८८ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला ८८ हजार ३५० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्यपनि घट्यो । आज चाँदीको मूल्य १५ रुपैयाँ घटेर प्रतितोला ११९० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here