नेपाल बैंकको साढे ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं, २७ साउन । नेपाल बैंकको ‘८.५०% नेपाल बैंक ऋणपत्र–२०८७’ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम बैंकले जारी गरेको साढे ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र सूचीकृत भएको हो।

बैंकका अनुसार उक्त रकमबराबरको १ हजार रुपैयाँ अंकित दरको ३५ लाख कित्ता ‘८.५०% नेपाल बैंक ऋणपत्र–२०८७’ नेपाल स्टक एक्सचेञ्च लिमिटेडमा सूचीकरणका लागि नेप्सेसँग सम्झौता भएको छ।

नेपाल स्टक एक्सचेञ्च लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीका बीच धितोपत्र सूचीकरणसम्बन्धी सम्झौतापत्रमा मंगलबार एक कार्यक्रमका बीच हस्ताक्षर सम्पन्न भएको बैंकले जनाएको छ।

सूचीकरण भएको ऋणपत्र धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार सुरु हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here