गर्भावस्थामा पोषणको कमी भएका बच्चामा मोटोपनको समस्या धेरै

काठमाडौं । गर्भावस्थाको समयमा आमाको आहारमा पोषणको कमी भए यसको असर बच्चामा देख्न सकिने अध्ययनबाट पत्ता लागेको छ ।

वैज्ञानिकहरूका अनुसार गर्भावस्थामा पोषणको कमी भएका आमाबाट जन्मिएका बच्चामा भविष्यमा गरएर बोसोको मात्रा उच्च हुने र उनीहरूमा मोटोपनाको जोखिम पनि बढ्ने गरेको छ ।

आयरल्यान्डको युनिभर्सिटी कलेज डब्लिनद्वारा गरिएको अध्ययनका लागि आयरल्यान्ड, फ्रान्स, ब्रिटेन, नेदरल्यान्डस र पोल्यान्डका १६ हजार दुई सय ९५ जना आमा र उनीहरूका बच्चाहरूको डाटा विश्लेषण गरिएको थियो ।

अनुसन्धानमा संलग्न आमाहरूको औसत उमेर ३० वर्ष थियो । र, अध्ययनमा आमाहरूले पहिला र आफ्नो गर्भावस्थाको समयमा के खाए भन्ने अनुगमन गरिएको थियो ।

अध्ययनका अनुसार गर्भावस्थाको समयमा पर्याप्त पोषक तत्व पाएका महिलाहरूले जन्म दिएका बच्चाहरूमा बोसोको स्तर कम थियो । साथै, बच्चामा मोटोपनाको समस्या पनि देखिएको थिएन ।

बाल्यकालदेखि नै बच्चाहरूमा मोटोपनाको समस्या भएमा पछि गएर उनीहरूलाई टाइप २ मधुमेह जस्ता अन्य रोगको विकास हुने सम्भावना धेरै हुने शोधकर्ता लिंग वे चेन बताउँछन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here