विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङकाे पदबहाली

काठमाडौं, २७ साउन । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले पदबहाली गरेका छन्। बुधबार दिउँसो नेपाल विद्युत प्राधिकरणमा घिसिङले पदबहाली गरेका हुन्।

बुधबार नै नियुक्ति पत्र बुझेलगत्तै घिसिङ विद्युत प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालय पुगेका उनलाई प्राधिकरणका कर्मचारीले स्वागत गरेका थिए । घिसिङले बुधबार नै पदभार ग्रहण गरेका छन् ।

नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर भूमिका खेलेका घिसिङलाई पुनर्नियुक्त गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मानेका थिएनन् ।

गत वर्ष भदौ २९ गते चार वर्षे कार्यकाल पूरा गरेका घिसिङको पुनःनियुक्तिका लागि जनस्तरबाट चर्को दबाब परे पनि तत्कालीन प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका थिए।

दैनिक १८ घण्टासम्मको लोडसेडिङ हटाउन भूमिका खेलेका घिसिङ जनस्तरमा निक्कै लोकप्रिय छन्।

माओवादी केन्द्रसहित कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेपछि घिसिङलाई दोस्रो कार्यकालका लागि नियुक्त गरिएको हो।

नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर भूमिका खेलेका घिसिङलाई फेरी जिम्मेवारी दिन सर्वत्र माग भएको थियो तर यसअघिको केपी ओली नेतृत्वको सरकारले नियुक्ति दिएको थिएन। कार्यकारी निर्देशकमा हितेन्द्र शाक्यलाई जिम्मेवारी दिइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here