क्यूआर कोडसहितको प्रमाणपत्रका लागि फारम लिने कार्य स्थगित

काठमाडौं, २७ साउन । कोभिड–१९ विरुद्धको खोप लगाएको क्यूआर कोडसहितको खोप प्रमाणपत्रका लागि आवेदन लिने कार्य तत्काललाई स्थगित भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै कीर्तिपुरमा आवेदन बुझाएका व्यक्तिहरुको क्यूआर कोड सहितको प्रमाणपत्र जारी नभएसम्म थप आवेदन फारम लिने कार्य स्थगित भएको जनाएको हो ।

मन्त्रालयले vaccine.mohp.gob.np/public-request from मा गई फारम भर्न सकिने जनाएको छ। अनलाइन फारम भरेका व्यक्तिहरुले आफ्नो प्रमाणपत्र तयार भयो कि भएन भनेर थाहा पाउन vaccine.mohp.gob.np/search मा गई हेर्न सकिने सकिने र प्रमाणपत्र तयार भएपछि यहि लिंकबाट प्राप्त गर्न सकिने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here