बार्सिलोना छोड्नु पिडादायी भएपनि पिएसजीमा म खुशी छु : मेस्सी

काठमाडौं । अर्जेन्टीनी स्टार खेलाडी लियोनल मेस्सी स्पेनीस क्लब बार्सिलोनासंगको सम्झौता सकिएपछि अहिले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मनमा आवद्ध भएका छन् ।

बार्सिलोनासंगको २१ वर्षे यात्रा सकेर अहिले पिएसजी पुगेका मेस्सीले बुधबार भएको पत्रकार सम्मेलनमा बार्सिलोना छोड्नु पिडादायी भएपनि पिएसजीमा आफू खुशी रहेको बताएका छन् ।

‘बार्सिलोनाबाट टाढा हुनु आफैमा पिडादायी कुरा भएपनि म पिएसजीमा आवद्ध हुन पाउदाँ निकै खुशी छु ।’ मेस्सील पत्रकार सम्मेलनमा भने, ‘म यहाँ विश्वकै उत्कृष्ट खेलाडी नेयमार र एम्बाप्पेसंग खेल्नेछु ।’

मेस्सीले पिएसजीमा ३० नम्बरको जर्सिमा खेल्नेछन् । मेस्सीले यही शनिवार स्टारस्वर्ग विरुद्धको खेलमा डेब्यु गर्ने बताईएको छ । पिएसजीले शनिवार लिग वानमा स्टारस्वर्ग विरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here