काठमाडौंका यी ५ केन्द्रमा विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप

काठमाडौं, २८ साउन । सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप लगाउन थालेको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णयसँगै काठमाडौं उपत्यकामा बिहीबार बाटै विद्यार्थीलाई खोप दिन थालिएको हो । उपत्यकामा विद्यार्थीलाई खोपका लागि ५ वटा केन्द्र तोकिएको छ ।

जसपामा सिभिल अस्पताल (मीनभवन), नेपाल प्रहरी अस्पताल (महाराजगंज), सशस्त्र प्रहरी अस्पताल९बलम्बु०, सैनिक अस्पताल (छाउनी) र राधा स्वामी आइसोलेशन खोप केन्द्र(सामाखुसी) रहेका छन् ।

उक्त स्थानमा गएर विद्यार्थीले प्रवेश पत्र देखाएर खोप लगाउन सक्नेछन् । विद्यार्थीले खोप बिहीबार, शुक्रबार र शनिबारसम्म पाउँनेछन् ।

ती केन्द्रमा खोप कार्यक्रम १० बजेदेखि बेलुकी ४ बजेसम्म चल्नेछ ।

बुधबार स्वास्थ्य मन्त्रालयले परीक्षा दिइरहेका र दिने तत्काल परीक्षा दिने तयारीमा रहेका विद्यार्थीलाई खोप उपलब्ध गराउन आग्रह गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here