मास्कबाट पनि सर्छ संक्रमण, प्रयोग गरिसकेको मास्कलाई कसरी विसर्जन गर्ने ?

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन मास्क अपरिहार्य छ । जसको लागि सरकारले तपाईंको मास्क खै भन्ने अभियान पनि चलाईरहेको छ ।

मास्कको प्रयोग गर्नाले आफू भाइरसबाट बच्नुका साथै आफू सङ्क्रमति भएमा अरूलाई आफूबाट हुने सङ्क्रमणबाट पनि बचाउन सकिन्छ ।

धेरैले मास्कको प्रयोगपछि मास्कलाई जथाभावी फाल्ने वा यसलाई राम्ररी विसर्जन नगरेको पाइन्छ । तर प्रयोग गरिसकेको वा पुरानो मास्कलाई विसर्जन गर्दा विशेष ध्यान दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

यसरी गर्नुहोस् प्रयोग गरिसकेको मास्क विसर्जन

१. मास्क खोल्नुअगाडि साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने,

२. मास्क खोल्दा छेउको डोरी समातेर खोल्ने र बीचको भाग सकेसम्म नछुने,

३. खोलिसकेपछि मास्कलाई प्लास्टिकको झोलामा सजिलै खोल्न नमिल्ने गरी बाँधेर राख्ने,

४. सङ्क्रमित व्यक्तिले लगाएको वा सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आउँदा लगाइएको मास्कलाई दुई तह झोलामा राख्ने,

५. मास्क राखेको झोलाको मुख बन्द गर्ने र उक्त झोलालाई सामान्य घरेलु फोहोरसँगै राखी विसर्जन गर्नुपर्छ । विसर्जन गरिसकेपछि साबुन पानीले राम्रोसंग हात धुने गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here