सरकारसँग एक लाख ७३ हजार डोज खोप मौज्दात,असोजसम्म १ करोड डोज आपूर्ति हुने

काठमाडौं, २८ साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारसँग अहिले एक लाख ७३ हजार डोज कोभिड खोप मौज्दात रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभामा सार्वजनिक महत्त्वको विषयमा बोल्दै उक्त जानकारी दिएका हुन् । प्रदेश र जिल्लामा २० लाख ७१ हजार डोज खोप मौज्दात छ ।

त्यसमध्ये भेरोसेल करिब नौ लाख, एस्ट्राजेनेका करिब ११ लाख ५० हजार र जान्सिन करिब २१ हजार डोज मौज्दात जनाकारी दिए ।

असार मसान्तसम्म ९७ लाख डोज खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको जानकारी दिए । आगामी असोजसम्म १ करोड ८ लाख डोज खोप नेपाल आइपुग्ने सुनिश्चित भएको उनको भनाइ छ ।

अघिल्लो सरकारको पालामा ९७ लाख मात्रा खोप प्राप्त गरी असार मसान्तसम्म ४२ लाख डोज खोप जनतालाई उपलब्ध गराइएको बताउँदै नयाँ सरकार आएपछि हिजोसम्म ७५ लाख डोज खोप लगाइएको जानकारी दिए ।

आउने प्रक्रियामा ३ करोड ३६ लाख ७१ हजार ९५० डोज छ । त्यसमध्ये असोज मसान्तसम्ममा एक करोड दुई लाख डोज प्राप्त हुने उनले दिनलाई जानकारी दिए । उनका अनुसार माघसम्ममा ५ करोड २३ लाख डोज खोप आपूर्ति हुने अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here