शुक्रबार मौद्रिक नीति आउँदै, सेयर बजारमा कडाइको तयारी

काठमाडौं २८, साउन । राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने भएको छ । बिहीबार बसेको राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले केही बेर अघि मात्र मौद्रिक नीतिको दफाबार छलफल गरिसकेको छ । शुक्रबार बिहान बस्ने सञ्चालक समितिबाट पारित गरेर दिउँसो मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ ।

सरकार परिर्वतन भएपछि तयारी अवस्थामा रहेको मौद्रिक नीति पनि सार्वजनिक हुन पाएको थिएन । अहिले अर्थमन्त्रालयबाट ग्रिन सिग्नल पाएपछि शुक्रबार नीति सार्वजनिक गर्न लागिएको हो । राष्ट्र बैंकले बुधबार मौद्रिक नीतिको अन्तिम तयारीबारे अर्थमन्त्रालयलाई व्रिफिङ गरिसकेको छ ।

मौद्रिक नीतिमा सेयर बजारलाई अप्रत्यक्ष रुपमा कडाइ गरिने स्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here