४५ प्रतिशतले बढ्यो मेगा बैंकको नाफा, प्रति सेयर आम्दानी कति ?

काठमाडौं, २९ साउन । आर्थिक वर्ष ७७/७८ को चौथो त्रैमासमा मेगा बैंकको खुद नाफा ४५.१६ प्रतिशतले बढेको छ। बैंकले शुक्रबार गत आर्थिक बर्षको वित्तीय विवरण प्रकाशित गर्दै खुद नाफा एक अर्ब ५८ करोड रुपैयाँबाट बढेर २ अर्ब ३० करोड रुपैयाँ पुगेको जनाएको हो ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५१ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दानी ३८.९५ प्रतिशतले बढेर ५ अर्ब ८० करोड पुगेको छ ।

यस अवधिमा बैंकको निक्षेप ७.०४ प्रतिशतले बढेर १ खर्ब ३६ अर्ब पुगेको छ भने कर्जा प्रवाह २४.२८ प्रतिशतले बढेर १ खर्ब ३७ अर्ब पुगेको छ ।

१४ अर्ब ६५ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा ५ अर्ब ६४ रहेको छ । बैंकको खराब कर्जा १.२६ प्रतिशत रहेको छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १५.७१ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १३८.५५ रुपैयाँ रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात २३.२९ गुणा रहेको छ भने सिसिडि ८२.६९ प्रतिशत रहेको छ ।

बैंकले टाइट सीसीडी रेसियोमा काम गरेको छ। राष्ट्र बैंकले ८५ प्रतिशतभन्दा माथि जान नपाउने सीमा निर्धारण गरेको छ। बैंकले ८२.६९ प्रतिशत सीसीडी कायम गरेको छ। जबकी धेरै बैंक ७९ प्रतिशत हाराहारीमा बसेक छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here