नेपाल बैंकको नाफामा छलाङ, खुदभन्दा वितरण योग्य नाफा धेरै

काठमाडौं, २९ साउन । सरकारी स्वामित्वको नेपाल बैंकले नाफामा छलाङ मारेको छ । आर्थिक वर्ष ७६/७७ मा बैंकको खुद नाफा २ अर्ब ३३ करोड रहेकोमा आर्थिक वर्ष ७७/७८ मा बढेर ३ अर्ब ०६ करोड पुगेको हो ।

बैंकले ३.७ प्रतिशतको ब्याज स्प्रेडलाई ४.३४ प्रतिशत पुर्याएर नाफामा ३१.४० प्रतिशतले बृद्धि गरेको छ।

यो अघिल्लो आव २०७६/७७ को सोही अवधिको तुलनामा ६७ करोडले बढी हो । बैंकले अघिल्लो आवको असार मसान्तसम्म २ अर्ब ३३ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी, संचालन नाफा, गैरसंचालन नाफा बढ्दा र इम्पेरमेन्ट चार्ज घट्दा खुद नाफा बढेको हो ।

बैंकको खुद ब्याज आम्दानी १४.९८ प्रतिशतले घटेर ६ अर्ब ४६ करोड पुगेको छ । यस्तै, बैंकको संचालन नाफा ३८.३५ प्रतिशतले बढेर ४ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

१२ अर्ब ६३ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १५अर्ब १४ करोड, रिटेन अर्निङमा ५ अर्ब ४ करोड र सेयर प्रिमियममा ४३ करोड १८ लाख रुपैयाँ संचित छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ छ।

असार मसान्तसम्ममा बैंकले १ खर्ब ६२ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १४.९९ प्रतिशत र कर्जा लगानी विस्तार ३०.२३ प्रतिशतले सुधार भएको हो।

खुद नाफा बढेसँगै पनि बैंकको प्रतिसेयर आम्दानी २०.६८ रुपैयाँबाट बढेर २४.२६ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २६३.१९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.२६ गुणा, सीसीडी अनुपात ७४.३४ प्रतिशत, आधारदर ५.७३ प्रतिशत र स्प्रेडदर ४.३४ प्रतिशत र खराब कर्जा २.१ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here