मेसीको प्रभाव: लाखौं बढे पीएसजीका फलोअर्स, २४ घण्टामै ३० मिलियनको जर्सी बिक्री

काठमाडौं । अर्जेन्टिनी फुटबलकप्तान लियोनल मेसी स्पेनिस क्लब बार्सिलोनासँगको २१ वर्षे यात्रा टुङ्ग्यादै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) पुगेका छन् ।

३४ वर्षीय मेसीले बार्सिलोना छोड्ने कुराले मेसी तथा बार्सिलोना समर्थक तथा स्वयम मेसीलाई पनि निकै भावुक बनाएको थियो । मेसी भक्कानिँदै गत आइतबार बार्सिलोनाबाट बिदा भएका थिए । त्यसको दुईदिनपछि अर्थात गत मंगलबार मेसी फ्रान्सेली क्लब पीएसजीमा अनुबन्ध भए ।

प्रतिसिजन ४० मिलियन यूरोमा मेसी पीएसजीमा अनुबन्ध भएका थिए । मेसीले पीएसजीमा ३० नम्बरको जर्सीमा खेल्नेछन् । त्यसो त यसअघि नै एक समयमा बार्सिलोनामा मेसीसँग सँग खेलिसकेका नेयमारले (सन् २०१३ देखि १७ सम्म मेसी र नेयमार बार्सिलोनामा संगै खेलका थिए) आफुले लगाउदै आएको १० नम्बरको जर्सी मेसीलाई दिन मञ्जुर भएको समाचार समेत प्रकाशन भएका थिए । तर, मेसीले ३० नम्बरको जर्सी नै रोजे ।

२४ घण्टामै ३० मिलियनको जर्सी बिक्री

पीएसजीले मेसी भित्र्याएको आधिकारीक घोषणा गरेसंगै क्लबको स्टोरमा मेसीको ३० नम्बर जर्सी बिक्रीमा राखिएको थियो । उक्त जर्सी किन्नको लागि क्लवको स्टोरमा हजारौं मानिस जम्मा भए । जसको कारण २० मिनेटमा नै स्टोरमा रहेको सम्पूर्ण जर्सी बिक्री भयो ।

त्यस्तै गएको २४ घण्टामै पीएसजीको स्टोरबाट मात्रै ३० मिलियन यूरो बराबरको जर्सी बिक्री भएको खेल पत्रकार रोमानोले बताएका छन् । मेसीको उक्त नयाँ जर्सी किन्नको लागि स्पेनिस मिडिया मार्काका केही पत्रकार समेत पुगेका थिए ।

कति छ जर्सीको मूल्य ?

पीएसजीले मेसी लेखिएको ३० नम्बरको होम जर्सीको मूल्य १५८ यूरो तोकेको छ । त्यस्तै, अवे जर्सीको मूल्य ११५ यूरो तोकेको छ । चिनियाँ मिडियाका अनुसार चीनमा पीएसजीको जर्सीको माग ६५ प्रतिशत बढेको छ ।

मिलियन बढे सामाजिक सञ्जालको फलोअर्स

मेसी पीएसजीमा आवद्ध भएको खबरसंगै पीएजसीका सामाजिक सञ्जालमा फलोअर्सको बाढी आएको छ । इन्स्टाग्राम, फेसबुक र युट्युवको फलोअर्स र सस्क्राइबर्स मिलियनमा बढेका छन् ।

गत मंगलबार ३ बजेसम्म पीएजसजीको इन्स्टाग्राम पेजमा ३८.९ मिलियन फलोअर्स थिए, तर मेसी मेसी अनुबन्ध भएपछि अहिले पीएजसजीको इन्स्टाग्राम पेजको फलोअर्स ४५.८ मिलियन छ । त्यसो त केही समयअघि पीएसजीको फलोअर्स १९ मिलियन रहेको र मेस्सी अनुबन्ध हुने खबरपछि यो संख्या ह्वात्तै बढेको समाचारहरु पनि प्रकाशन भईरहेका छन् ।

त्यस्तै, गत मंगलबार ३ बजेसम्म पीएजसजीको फेसबुक पेजमा पनि ४३.३७ मिलियन लाईक र ४४.४७ मिलियन फलोअर्स रहेको थियो । मेसी आवद्ध भएसंगै यो संख्या बढेर फेसबुक लाइक ४५.१० मिलियन र फलोअर्स ४६.९६ मिलियन पुगेको छ ।

युट्युव सस्क्राइबर्स पनि मिलियनमा बढेका छन् । गत मंगलबार ३ बजेसम्म ३.४६ मिलियन रहेको पीएसजीको सस्क्राइब अहिले बढेर ४.६० मिलियन पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here