क्यान्सरका बिरामीलाई घातक ‘बदाम’

काठमाडौं । क्यान्सरका रोगीहरूमा बदाम खाने बानीले क्यान्सर धेरै फैलिने खतरा बढी हुने एक अध्ययनले देखाएको छ । इङ्ग्ल्यान्डको लिभरपूल विश्वविद्यालयका शोधकर्ताहरूले गरेको अध्ययनअनुसार बदाममा पिनट एग्लुटिनिन (पिएनए) नामक प्रोटिन पाइन्छ ।

उक्त प्रोटिनले शरीरलाई दुई मोलिक्युल रिलिज गर्न मद्दत गर्छ, जसले क्यान्सर शरीरभर फैलिन सक्छ । बदामको सेवनपछि पिएनए प्रोटिन रगतमा मिसिएर सम्पूर्ण शरीरमा फैलन्छ ।

शरीरलाई पिएनए पचाउन गाह्रो हुन्छ । यो प्रोटिन रगतको माध्यमबाट ट्युमरसम्म पुग्छ र यसलाई शरीरको अन्य भागहरूमा फैलनको लागि दबाब दिन थाल्छ । उक्त प्रोटिनको कारण क्यान्सरको कोशिकाहरू टाँसिने र शरीरको अन्य भागमा फैलने प्रयास गर्छ । क्यान्सरका रोगीहरूले धेरै मात्रामा बदाम खाए उनीहरूको अवस्था बिग्रन सक्छ ।

तर, बदामको सेवनले क्यान्सर रोगीहरूमा मृत्युको जोखिम कति बढाउँछ भन्ने कुरा थाहा नभएको अनुसन्धानकर्ता लु ग्याङ् यू बताउँछन् । जर्नल कार्सिनोजेनेसिसमा प्रकाशित अनुसन्धानअनुसार क्यान्सरका बिरामी जसले एक दिनमा दुई सय ५० ग्राम बदाम खाएका थिए उनीहरूमा जोखिम उच्च देखिएको थियो ।

यस्तो खतराबाट जोगिनका लागि एक व्यक्तिले एकदिनमा २८ ग्राम मात्र बदाम खान वैज्ञानिकहरूले सुझाएका छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here