बच्चालाई काउकुती लगाउने बानी छ ? निम्त्याउन सक्छ समस्या

काठमाडौं । हामीमध्ये धेरैले बच्चासंग खेल्दै गर्दा उनीहरुको पेट तथा खुट्टामा काउकुती पक्कै लगाएका छौं । यसरी काउकुती लगाउदा उनीहरु हाँसेका त हुन्छन् तर, वास्तवमा यस्तो कार्यले उनीहरुमा नकारात्मक प्रभाव परेको पनि हुनसक्छ ।

विशेषगरी साना बच्चाहरु उनीहरुलाई काउकुतीले कस्ता प्रभाव पारेको छ भन्न सक्दैनन् । काउकुती लगाएसंगै उनीहरु मन्द मुस्कान त दिन्छन् तर, यसको कारण उनीहरुलाई स्वास प्रस्वासमा पनि प्रभाव परेको हुन्छ ।

काउकुती लगाउदै गर्दा बच्चालाई यदी बाडुली पनि लागेको छ भने काउकुती लगाउन तुरुन्त छाड्नुपर्छ ।

काउकुतीको कारण मष्तिस्कमा स्वचालित प्रतिक्रिया हुन्छ र उक्त कार्य सामान्यतया हाँसोको रूपमा देखा पर्छ । उक्त हाँसो मष्तिस्कमा परेको प्रभावको कारण निष्कन्छ ।

यसको अलवा अस्वभाविक रुपमा हास्नु परेको कारण बच्चाहरुको मुखका साथै छाती र पेटमा समेत समस्या हुन्छ । काउकुतीबाट निम्तिएको हाँसोको कारण बच्चाहरु छिटोछिटो सास फेर्ने गर्छन् जसले गर्दा प्रयाप्त सास समेत लिन सक्दैनन् । फलस्वरुप अक्सिजनको कमी हुन्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here