थप २६२४ जनामा कोरोना पुष्टी, २० जना संक्रमितको निधन

काठमाडौं, ३० साउन । पछिल्लो २४ घण्टामा देशभर २६२४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ८ हजार ६६७ पीसीआर परीक्षणका क्रममा १९४७ र ४९०६ एन्टीजेन परीक्षणका क्रममा ६७७ जना गरी २६२४ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३० हजार ४७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३२० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ८० हजार ८१५ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ रहेको छ ।

पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here