मेस्सी समर्थकमाझ सार्वजनिक खेलमा पीएसजीको शानदार जित

काठमाडौं, ३१ साउन । फ्रेन्च लिग वानमा पीएसजीले शानदार शुरुवात गरेको छ । लियोनल मेस्सी समर्थकमाझ सार्वजनिक भएको खेलमा पीएसजीले स्ट्रासबर्गलाई ४-२ गोलप अन्तरले पराजित गर्दै नयाँ सिजनको शानदार शुरुवात गरेको हो ।

पीएसजीको जीतमा माउरो इकार्डी, किलियन एम्बाप्पे, जुलियन ड्राक्सलर र पाब्लो सर्बियाले एक-एक गोल गरेका थिए ।

त्यस्तै स्ट्रासबर्गका लागि केभिन गामेरियो र लुडोभिक अजोरक्यूले एक एक गोल गरेका थिए । खेलको ८१औ मिनेटमा स्ट्रासबर्गका अलेक्जेन्डर डिजिकूले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो ।

पिएसजीले अब अर्को खेल अगस्त २१ मा ब्रेस्टविरुद्ध खेल्ने छ ।

बार्सिलोनाका पूर्वस्टार मेस्सीसँगै सर्जियो रामोस, गोलकिपर जियानलुइगी डोनारुमा, जर्जिनियो विजनाल्डम र आच्रफ हाकिमीलाई खेलअघि समर्थकमाझ सार्वजनिक गरिएको थियो।

केहि दिन अघि पीएसजीमा गएका लियोनेल मेसी भने यस खेलमा खेलेका थिएनन् । पीएसजीमा मेसीको डेभ्युका लागि अझै केहि साता पर्खिनुपर्ने भएको छ । त्यस्तै यस खेलमा नेइमार पनि खेलेका थिएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here