के बालबालिकाले मास्क लगाउनु जरुरी छ ?

काठमाडौं । पाँच वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाले मास्क नलगाउँदा पनि हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सामान्यतया ५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु नपर्ने मन्त्रालयले स्पष्ट पारेको छ ।

६ देखि ११ वर्षका बालबालिकाले निम्न अवस्थामा मास्क लगाउनेः

– कोभिड-१९ समुदायमा व्यापक रूपमा फैलिएको छ भने

– बालबालिकाले सुरक्षित रूपमा मास्क प्रयोग गर्न, धुन र प्रतिस्थापन गर्न सक्छन् भने

– बालबालिका हालसालै उच्च जोखिममा भएकाहरूको सम्पर्कमा पुगेको छन् भने

१२ वर्ष वा माथिका बालबालिकाले वयस्कले जसरी नै मास्क लगाउनेः

– अपाङ्गता भएका बालबालिकाको हकमा सक्षमता र हित हेरेर मात्र मास्क लगाउने

– दौडँदा, उफ्रँदा वा अरू खेलकुदमा सहभागी हुँदा मास्क नलगाउने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here