ला लिगा: मेसी बिनाको बार्सिलोनाको विजयी सुरुवात

काठमाडौं, ३२ साउन । बार्सिलोनाले लियोनेल मेसीले क्लब छोडेपछि खेलेको ला लिगाको आफ्नो पहिलो खेलमा शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसियडाडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा मार्टिन ब्रेथवेटले दुई गोल गर्दा जेरार्ड पिके र सेर्जी रोबर्टोले एक-एक गोल गरे ।

सोसिडाडका जुलेन लोबेटे र मिकेल ओयार्जाबलले एक-एक गोल फर्काए । खेलमा जित हासिल गरेसँगै बार्सिलोनाले महत्वपूर्ण तीन अंक जोडेको छ।

ला(लिगाकै अर्को खेलमा साबिक विजेता एथ्लेटिको मड्रिडले पनि विजयी सुरुवात गरेको छ । एथ्लेटिको मड्रिडले सेल्टा भिगोमाथि २–१ ले जित निकाली विजयी सुरुवात गरेको हो ।

एथ्लेटिकोका लागि दुवै गोल एन्जल कोरेयाले गरे । सेल्टाका इयागो आसपासले पेनाल्टीमार्फत गोल गरेका थिए ।

खेलमा जित निकालेसँगै एथ्लेटिकोले महत्वपूर्ण तीन अंक जोडेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here