१० मध्ये एक जनामा कोरोना अस्पतालबाट सर्छ : अध्ययन

काठमाडौं । अस्पतालहरू पनि कोरोना भाइरसको सङ्क्रमण हुने एक कारण रहेको अध्ययनले देखाएको छ ।

कोरोना भाइरसको सङक्रमणको पहिलो लहरमा बेलायतका अस्पतालमा भर्ना भएका प्रत्येक १० जनामध्ये एक जनामा अस्पतालको कारण सङ्क्रमित भएका थिए । यो दाबी बेलायतका तीन सय १४ अस्पतालमा भर्ना भएका बिरामीको आधारमा गरिएको हो ।

ल्यान्सेट जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार ल्यान्कास्टर युनिभर्सिटीले बेलायतका अन्य विश्वविद्यालयसँग मिलेर सन् २०२० को १ अगस्टभन्दा अगाडिका सङ्क्रमित बिरामीको रेकर्ड विश्लेषण गरेका थिए । अनुसन्धानबाट तीन सय १४ अस्पतालहरूमा ११ प्रतिशत कोरोनाका बिरामीहरू भर्ना भएपछि सङ्क्रमित भएको पत्ता लाग्यो ।

कोरोना सङक्रमणको पहिलो लहरपछि सन् २०२०को १६ देखि २० मेसम्म अस्पतालमा सङ्क्रमणको सङ्ख्यामा वृद्धि भएको थियो । ल्यान्कास्टर युनिभर्सिटीका शोधकर्ता जोनाथनजा अनुसार अस्पतालमा सङ्क्रमण नियन्त्रण गर्नु मुख्य प्राथमिकता हो तर, त्यस्ता स्थानमा पनि एक स्वस्थ व्यक्ति धेरै कारणबाट सङ्क्रमित हुन सक्छन् ।

महामारीको प्रारम्भिक चरणमा परीक्षणको अभाव, ठूलो सङ्ख्यामा बिरामी भर्ना भएका कारण, अस्पतालमा र्‍यापिड परीक्षण उपलब्ध नहुँदा र पर्याप्त आइसोलेसन बस्ने ठाउँ नहुँदा भाइरसको सङ्क्रमण हुने एक कारण अस्पताल पनि रहेको जनाइएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here