के सर्जिकल/मेडिकल मास्कलाई स्यानिटाइजर छर्केर पुनः प्रयोग गर्न मिल्छ ?

काठमाडौं । एकपटक प्रयोग गरिसकेको सर्जिकल/मेडिकल मास्कलाई स्यानिटाइजर छर्केर पुनः प्रयोग गर्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्यानिटाइजर छर्केर पुनः प्रयोग गर्दा यसले प्रभावकारी ढंगबाट काम गर्न नसक्ने भएको कारण स्यानिटाइजर छर्केर मास्कको पुनः प्रयोग गर्न नमिल्ने मन्त्रालयले बताएको छ ।

मन्त्रालयको सूचनामा भनिएको छ, ‘स्यानिटाइजर छर्किएर सर्जिकल/मेडिकल मास्क प्रयोग गर्दा मास्क भिजेर यसको प्रभावकारीता घट्न सक्छ । सर्जिकल/मेडिकल मास्क एक पटकको प्रयोगको लागि मात्र बनाएको हुन्छ, त्यसैले सम्भव भएसम्म एक चोटी प्रयोग गरेपछि यस्ता मास्क पुनः प्रयोग गर्नु हुँदैन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here